कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेसँगै अब यी ११ देशबाट नेपाल आउने नागरिकले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने — OSNepal

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेसँगै अब यी ११ देशबाट नेपाल आउने नागरिकले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विभिन्न देशमा फैलिएसँगै यी देशबाट नेपाल आउनेले अब १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो नियम बनाएको हो ।

नेपाल सरकारले बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन नियम बनाएको हो ।

यी देशबाट आउने नेपालहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा हाल होटल क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । ओमिक्रोन भाइरस दक्षिण आफ्रिकामा फैलिएसँगै विश्वको २४ राष्ट्रमा यसको संक्रमति फेला परिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर