२ - २ वटा वच्चाकी आमा बनिसकेकी करिनालाई फेरी पनि पत्याए यि निर्देशकले, को हुन् उनी ? — OSNepal

२ – २ वटा वच्चाकी आमा बनिसकेकी करिनालाई फेरी पनि पत्याए यि निर्देशकले, को हुन् उनी ?

LC (KTM) December 02, 2021 0

काठमाडौं, २ कात्तिक । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको ुकहानीु दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि(टाउनमा थियो ।

यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए ।

थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् ।

सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए, करिनाले भनिन् । सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर