जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको प्रचण्डको दावी — OSNepal

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको प्रचण्डको दावी

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको बाधक नेकपा एमाले भएकोम आरोप लगाएका छन् । बिहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेमाथि यस्तो आरोप लगाएका हुन् ।

एमाले पार्टीलाई अध्यक्ष केपी शर्मा ओलीको गुटको संज्ञा दिएका प्रचण्डले केपी गुट मधेश, महिला, जनजातीलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरेका छन् ।

साथै उक्त कार्यक्रममा उनले आफूहरुले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पु¥याएको दावी समेत गरेका छन् । जस्तासुकै स्थितिमा पनि आफुहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

परिवर्तनको रक्षा गर्न र जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर