राप्रपा अध्यक्ष उम्मेदवारीको दर्ता शुल्क एक लाख रुपैंया , अन्य पदमा उम्मेदवारी दिन यति सम्म लाग्ने — OSNepal

राप्रपा अध्यक्ष उम्मेदवारीको दर्ता शुल्क एक लाख रुपैंया , अन्य पदमा उम्मेदवारी दिन यति सम्म लाग्ने

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्ष उम्मेदवारीको दर्ता शुल्क एक लाख रुपैंया निर्धारण गरिएको छ ।

त्यसैगरी , उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ ।

बुधबारबाट सुरु भएको महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गर्ने तयारीमा छ ।

आज सम्म मतदाता नामावली प्रकाशन गर्ने र भोली शुक्रबारबाट निर्वाचन कार्यक्रम सुरु गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर