जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न देउवाको आग्रह — OSNepal

जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न देउवाको आग्रह

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहिबार प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पार्टीको महाधिवेशन सकिएलगत्तै चुनाव तिर केन्द्रित हुन निर्देशन दिएका हुन् ।

अबको केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने बताएका नेपाली कांग्रसेका सभापति समेत रहेका देउवाले आन्तरिक चुनावमा हारजित हुनु स्वाभाविक भन्दै यो विषयमा धेरै नअलमलिन आग्रह समेत गरेका छन् ।

हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्ष भित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ । त्यसैले पनि अधिवेशन लगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो ।

लोकतान्त्रिक अभ्यास हो ।’कतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दावी गरेका देउवाले जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर