नेता पौडेलले गठवन्धन दललाई संकेत गर्दै भने, कांग्रेसलाई एक्ल्याएर आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँ — OSNepal

नेता पौडेलले गठवन्धन दललाई संकेत गर्दै भने, कांग्रेसलाई एक्ल्याएर आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँ

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्ल्याउने काम नगर्न आग्रह गरेका छन् ।

सत्ता गठवन्धन दलहरुलाई संकेत गर्दै कसैले एकल बहुमत ल्याउन नसक्ने बताएका उनले गएको चुनावमा सम्मिmँदै उनले भने , हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौँला,’ पौडेलले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्कोतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै नेता पौडेलले परिस्थितिले कम्युनिष्टहरु के भएर खनिने अवस्था भए कस्तो होला भन्दै प्रश्न गरेका छन् ।

‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौँ । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनले भने ।

‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र रु यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँ ।’ उनले अघि थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर