राखी शावन्तको पति रितेशले बिग बोसमा देखाए आफ्नो यस्तो हर्कत ,तेजस्वी प्रकाशलाई हैरान पारे पछि ब्वाई फ्रेण्डलाई गरिन् कम्प्लेन — OSNepal

राखी शावन्तको पति रितेशले बिग बोसमा देखाए आफ्नो यस्तो हर्कत ,तेजस्वी प्रकाशलाई हैरान पारे पछि ब्वाई फ्रेण्डलाई गरिन् कम्प्लेन

LC (KTM) December 02, 2021 0

टेलिभिजनको पपुलर बिबादास्पद शो बिग बोस १५ मा हालै तेजस्वी प्रकाशले ब्वाई फ्रेण्ड करण कुन्द्रालाई राखी सावन्तको पतिले हैरान बनाएको भन्दै पोल लगाएकी छिन् । राखीको पति रितेश देखी आफु निक्कै असुरक्षित महसुस भएको तेजस्वीले करण संग सुनाएकी छिन् । लेटेस्ट एपिसोडमा करण तथा तेजस्वी बेडरुममा संगै बस्ने गरेका छन् ।

यस दौरान तेजस्वीले करणलाई राखीको पतिले गरेको हर्कतको बिषयमा बताएकी हुन् । तेजस्वीले किचन एरियामा प्रतीक सहजपाल बसेका बेला पनि यो कुरा बताएकी थिईन् । यसैक्रममा तेजस्वीलाई प्रतीकले सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् । रितेशले गरेको हर्कतको बिषयमा जानेर करण एकदमै शक्ड भएका छन् ।

तेजस्वीले जब रितेश घर भित्र आएका थिए तब उनले आफुलाई असुरक्षीत महसुस गराएको बताईन् । राखीको पति आफ्नो नजिक नजिक आउने गरेको र एक पटक त आफ्नो हात समेत समातेको बताईन् । त्यतिबेला रितेशको बडी ल्याङग्वेज राम्रो नरहेको बताईन् । यो सबै सुनेर करण एकदमै हैरान हुन्छन् । तेजस्वीले राखी र रितेश संस्कृतिको बारेमा कुरा गर्ने गरेको भए पनि उनीहरु जस्ता मान्छेको हातमा धन्न भारतीय कल्चर नगएको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर