बिक्की कौशल तथा कट्रीना कैफको बिबाहको फोटोको अधिकार अन्र्तराष्ट्रिय म्यागजिनलाई, करोडौमा बिक्रि गर्ने डील — OSNepal

बिक्की कौशल तथा कट्रीना कैफको बिबाहको फोटोको अधिकार अन्र्तराष्ट्रिय म्यागजिनलाई, करोडौमा बिक्रि गर्ने डील

LC (KTM) December 02, 2021 0

बलिउड एक्टर बिक्की कौशल तथा कट्रीना कैफको बिबाहको तयारी एकदमै जोड तोडका साथ चलिरहेको छ । यी दुई जोडीको बिबाह अहिले सबैका लागि गसिपको बिषय बनेको छ । हर कोही यीनीहरुको बिबाहको चर्चा गर्न पछि पर्दैन । सामाजिक सञ्जालमा बिबाहमा लागु हुने सख्त नियमको बारेमा जानकारी बाहिर आईरहेको छ ।

दुबै जनाले के ड्रेस लगाउँछन्, पाहुनाको लागि ब्यवस्था, खानाको ब्यवस्था लगायतका बिषयमा नयाँ नयाँ जानकारी बाहिर आईनै रहेको छ । बिक्की कौशल तथा कट्रीना कैफ राजस्थानको सिक्स सेंसेज फोर्टमा सात फेरा लिनेछन् । बिबाह ७ देखी ९ डिसेम्बर सम्म चल्नेछ । अब यी दुबै जोडीको बिबाहको फोटोको अधिकार एक अन्र्तराष्ट्रिय म्यागजिनलाई दिने फैसला भएको छ ।

यो डील करोडमा पक्का भएको छ । कट्रीना तथा उनको टिमले म्यागजिन संग कुराकानी गरेर डील पक्का गरिसकेका छन् । बिबाहको कुनै फोटो सामाजिक सञ्जालमा आउँछ त त्यो कपलले नै शेयर गर्नेछन् । कुनै पनि गेस्टलाई फोन भित्र लिएर जान रोक लगाइएको छ । यसअघि बलिउड अभिनेत्री प्रियंका चोपडा तथा अमेरिकी सिंगर निक जोनसले पनि यहि तरिका अपनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर