OSNepal शनिबार, माघ १५ २०७८

निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि

निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि
Reading Time: < 1 minute

धनुषा, १६ मङ्सिर-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेसको प्रदेश–२ को अधिवेशनलाई आज उपसभापति निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट कांग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश–२ मा कांग्रेसले सबै सिट नजिते कांग्रेसको बहुमतको सरकार बनाउन गाह्रो बताउनुभयो । उहाँले प्रदेश अधिवेशनमा भाग लिन आउनुभएका सबै जिल्ला र क्षेत्रका नेतालाई निर्देशन दिँदै भन्नुभयो, “तपाईंहरु कांग्रेसको जिल्ला र क्षेत्रका नेता हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीय तहको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् । अगामी निर्वाचनमा कांग्रेसको बुहमतको जित सुनिश्चित छ ।”

उहाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कांग्रेसले मात्र बनाउन सक्ने भएको हुँदा कांग्रेसको बहुमतको सरकार जनताले चाहेको बताउनुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड