OSNepal शनिबार, माघ १५ २०७८

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सम्पतको ज्यान गयो

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सम्पतको ज्यान गयो

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सम्पतको ज्यान गयो
Reading Time: < 1 minute

बनियानी, १६ मङ्सिर -झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड