सलमान खानको फिल्मलाई उछिन्यो फिल्म मराक्करले , रिलीज पुर्व १ सय करोडको टिकट बुकिंग — OSNepal

सलमान खानको फिल्मलाई उछिन्यो फिल्म मराक्करले , रिलीज पुर्व १ सय करोडको टिकट बुकिंग

LC (KTM) December 02, 2021 0

मराक्कर फिल्मको आईडियामा सुपरस्टार मोहनलाल तथा निर्देशक प्रियदर्शन एक लामो समय देखी काम गरिरहेका थिए । यो फिल्मको प्लानिंग सन् १९९६ मा गरिएको थियो । आखिरमा यो लामो प्रतिक्षाको समय सकिएको छ । यो फिल्म बनेर तयार भईसकेको छ । आज यो फिल्म सबै थिएटरमा रिलीज भयो ।

रिलिज भन्दा पहिला नै एक सय करोडको ब्यापार यस फिल्मले गरिसकेको थियो । मोहनलालले सामाजिक सञ्जालमा आफ्नो खुशी शेयर गरेका छन् । मराक्कर अरेबिकदलिंते ४१ सय स्क्रीनमा रिलिज भएको थियो । जसको १६ हजार शोज पहिला नै बुक भईसकेको थियो । प्री रिजर्वेशन बुकिंगको कारण फिल्मले रिलिज भन्दा पहिला नै १ सय करोडको ब्यापार गरेको छ ।

वेटरेन एक्टरले एक बक्तब्य जारी गर्दै भनेको छ पहिलो इण्डियन फिल्म हो जसले रिलीज भन्दा पहिला नै १ सय करोडको ब्यापार गर्न सफल भएको छ । मराक्करको कलाकारको कुरा गर्नु पर्दा यो ऐपिक वार फिल्मम सुनिल सेट्टी, अर्जुन सारजा, प्रभु , अशोक सिल्वन, मोहनलाल लगायतका कलाकारहरु रहेका छन् ।

यो फिल्मलाई पोष्ट प्रोडक्सन गर्न मात्रै १४ महिना लागेको थियो । फिल्मको शुटिंग मात्रै १०४ दिन सम्म चलेको थियो । यो फिल्म मलयालम बाहेक तमिल, तेलुगु, कन्नड तथा हिन्दीमा पनि रिलीज हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर