OSNepal बुधबार, माघ ५ २०७८

गायक प्रमोद खरेलको ‘खै कसरी’ बोलको गीतमा नम्रता सापकोटाको अभिनय

गायक प्रमोद खरेलको ‘खै कसरी’ बोलको गीतमा नम्रता सापकोटाको अभिनय

  • OSNepal
  • शुक्रबार, मंसिर १७ २०७८


गायक प्रमोद खरेलको  ‘खै कसरी’ बोलको गीतमा नम्रता सापकोटाको अभिनय
Reading Time: < 1 minute

गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हाल्नुभएको हो ।

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थप्नुभएको छ । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो भने राजकुमार श्रेष्ठले सम्पादन गर्नुभएको छ । गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड