OSNepal मंगलबार, माघ ११ २०७८

यूकेको एनआरएनए सदस्यमा क्षमता ढकाल मनोनित

यूकेको एनआरएनए सदस्यमा क्षमता ढकाल मनोनित

  • OSNepal
  • शुक्रबार, मंसिर १७ २०७८


यूकेको एनआरएनए सदस्यमा क्षमता ढकाल मनोनित
Reading Time: < 1 minute

गैरआवासीय नेपाली संघ युकेको नव निर्वाचित कार्यसमितीले सघको विघान अनुसार क्षमता ढकाल सहित ५ जना कार्य समितीमा मनोनित गरेको छ।कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।

यसैगरी यहि नोभेम्बर २० मा बसेको कार्य समितीको पुर्ण बैठकले थप तिन जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेपछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा ग्याञ्जु शेर्पालाई उहाहरुले नेपाली समाजमा पुर्याउनु भएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरीएको हो ।

यस अगाडी प्रबक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पुर्व गोर्खा हुन । त्यसैगरी अर्का शदस्य आवेश राई सुचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन भने लुईटेल पत्रकारीता क्षेत्रमा कृयासिल छन् । गत अगष्टमा नया कार्य समिती निर्वाचित भएर आएपछि समितीले कार्य समितीमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु तथा टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड