'दुलही’ फिल्ममा राजेश हमालसँग अभिनय गरेपछि चर्चामा आएकी सुमिना भन्छिन् 'बिहेपछि परिवारलाई नै समय दिनुपर्छ भनेर चलचित्र क्षेत्रबाट टाढा भएकी हु' — OSNepal

‘दुलही’ फिल्ममा राजेश हमालसँग अभिनय गरेपछि चर्चामा आएकी सुमिना भन्छिन् ‘बिहेपछि परिवारलाई नै समय दिनुपर्छ भनेर चलचित्र क्षेत्रबाट टाढा भएकी हु’

LC (KTM) May 28, 2021 0

काठमाडौं-नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका सुमिना घिमिरेले नेपाली फिल्म प्रति अझै पनि रुची र चासो रहेको बताएकी छन् ।, ७ बर्ष अगाडि आफ्ना प्रेमी रोशन सापकोटासँग बिहे गरेपछि चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले फिल्म क्षेत्रमा रुची र चासो रहेपनि तत्काल काममा नर्फकने बताएकी छन् ।सुमिनाले चलचित्र क्षेत्रलाई दिनुपर्ने समय आफूले दिइसकेकाले बिहेपछि परिवारलाई नै समय दिनुपर्छ भनेर चलचित्र क्षेत्रबाट टाढा रहेको बताएकी छन् ।

चलचित्र क्षेत्रबाट टाढा भएसँगै घरयासी जीवनमा व्यस्त बनेकी सुमिनाले कोरोना संक्रमणका कारण निषेधाज्ञा भएपछि समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गरेकी छन् ।कुनै समय चलचित्र क्षेत्रमा खुबै चर्चामा रहेकी यी नायिकाले तत्काल चलचित्र क्षेत्रमा नफर्किने संकेत गरेकी छिन् ।

उनले ‘दुलही’ चलचित्रमा नायक राजेश हमालको फ्यान भएर अभिनय गरेपछि चर्चामा आएकी थिइन् । यस पछि सुमिनाले ‘नाइन ओ क्लक, स्टार, लभ फरेभर, रंग बैजनी’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । उनका श्रीमान्ले भने सुमिना चलचित्र क्षेत्रमा फर्किएको आफूले हेर्न चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर