जेलमा बस्दा पुस्तक नभएकाहरुलाई पढाएर पास गराउने काम गरेको छुँ : अध्यक्ष केपी ओली — OSNepal

जेलमा बस्दा पुस्तक नभएकाहरुलाई पढाएर पास गराउने काम गरेको छुँ : अध्यक्ष केपी ओली

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुँने बताएका छन् ।

शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले चुनावमा शिक्षकहरु खटिने गरेको आफुले देखेको बताएका उनले यस्तो बताएका हुन् ।

‘१९०२ मा म अमेरिकामा क्लिन्नटन पहिलोपल्ट उम्मेदवार हुँदा चुनावको अब्जरभेसनका लागि गएको थिएँ । त्यहाँ मैले देखेँ चुनावी कार्यालयहरुमा चुनाव हाक्ने चुनावका व्यवस्थापकीय काम गर्ने बिभिन्न पोस्टरहरु बनाउने विभिन्न प्ले कार्डहरु बनाउनेदेखि कहाँ के भइरहको छ सबै गर्ने शिक्षकहरु कोही रिपब्लिदकनका कोही डेमोक्रेटिक । बढी खट्ने शिक्षक थिए ।’ ओलीले भने ।

राजीनित जिवनमा आफु जेलमा बस्दा समेत पुस्तक नभएकालाई पढाएर पास गराउने काम गरेको बताएका ओलीले भने, ‘समाजसास्त्र त्यस्ता विषयहरु थिए, जे मैले भन्थेँ त्यहि लेख्दा पनि पास भइहाल्थ्यो । केही साथीहरु राम्रै ढङ्गले अगाडि बढनुभएको छ । त्यो मौक पनि मैले पाएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर