२०२१ मा सबैभन्दा बढी सर्च गरिएका बलिउडकर्मीहरु , सिद्धार्थ शुक्ला प्रथम स्थानमा पर्दा आर्यन खान कतिमा परे ? — OSNepal

२०२१ मा सबैभन्दा बढी सर्च गरिएका बलिउडकर्मीहरु , सिद्धार्थ शुक्ला प्रथम स्थानमा पर्दा आर्यन खान कतिमा परे ?

LC (KTM) December 03, 2021 0

बलिउड उद्योगको लागि २०२० जस्तै २०२१ पनि खुशी हुने मौका लिएर आएन ।यसपटक पनि ड्रग्स केस र चलेको सेलिब्रेटीको दुर्भाग्यपुर्ण निधनका कारण यो साल उतार चढावमै रह्यो । कोरोनाको दोस्रो लहरका कारण देशभरको सिनेमाहल बन्द रहे । कतिपय फिल्मको रिलिज डेटमै डिले भयो । साथै यो साल पनि कैयौ सेलिब्रेटीले ज्यान गुमाए ।

यसैक्रममा याहुले यो बर्षको अन्तमा २०२१ मा सबैभन्दा बढी सर्च गरिएका सेलिब्रेटीहरुको लिस्ट निकालेको छ । जसमा सिद्धार्थ शुक्ला पहिलो स्थानमा रहेका छन् । त्यस्तै शाहरुख खानका छोरा आर्यन खान न्युजमेकर अफ दि इयर घोषित भए । बिग बोस सिजन १३ का बिजेता सिद्धार्थले ४० बर्षको उमेरमा नै हृदयघातका कारण ज्यान गुमाउनु प¥यो ।

उनै सिद्धार्थलाई २०२१ मा सबैभन्दा बढी सर्च गरिएको छ । त्यस्तै दोस्रो नम्बरमा बलिउड सुपरस्टार सलमान खान , तेस्रो स्थानमा साउथ सपुरस्टार अल्लु अर्जुन रहेका छन् । त्यस्तै सुपरस्टार पुनीत राजकुमार चौथो स्थानमा रहेका छन् । त्यस्तै बलिउड अभिेनता तथा दिग्गज दिलीप कुमार यस लिस्टमा पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी पर्सनालिस्ट मध्ये पहिलो स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदी , दोस्रो नम्बरमा क्रिकेटर बिराट कोहली त्यस्तै तेस्रो नम्बरमा बंगालकी चीफ मिनिष्टिर ममता बनर्जी रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर