बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटी चोकमा डिपार्टमेण्टल स्टोर सञ्चालनमा आउँदै — OSNepal

बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटी चोकमा डिपार्टमेण्टल स्टोर सञ्चालनमा आउँदै

LC (KTM) December 04, 2021 0

काठमाडौं । औधोगिक नगरी बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकुटी चोकमा डिपार्टमेण्टल स्टोर सञ्चालनमा आउँदैछ । शिव शिखर सहकारी संस्था लिमिटेडले गार्डेन मार्ट डिमार्टमेण्ट स्टोर सञ्चालनमा ल्याउन लागेको हो ।डडेलधुराबाट शुभाम्भ भएको डिपार्टमेण्टल १५ औं स्टोरको रुपमा बुटवलमा सञ्चालन हुन लागेको स्टोरको शनिबार एक समारोहकाबीच समुद्घाटन कार्यक्रम रहेको सहकारीका महाप्रबन्धक लिलानाथ गौतमले बताए ।

६ करोड भन्दा बढी लागतमा सञ्चालनमा आउँदै गरेको स्टोरमा अत्यावश्यक खाद्यान्नदेखि कस्मेटिक्स, इलोक्ट्रोनिक्स, फेन्सी, बालबालिकाका सामग्री तथा खेलकूद सामग्री लगाएत दैनिक जीवनमा आवश्यक सम्पूर्ण सामग्रीहरु उपलब्ध रहेको महाप्रबन्धक गौतमले जनाए ।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको सहकारीले उत्पादन, व्यवसाय र रोजगारलाई प्रवद्र्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा व्यवसायिक मार्टहरु सञ्चालन गर्दै आएको र यसै क्रममा रुपन्देहीको बुटवलमा पनि डिपार्टमेण्टल स्टोर सञ्चालनको लागि तयारीका साथ शुभारम्भ गर्न लागेको महाप्रवन्धक गौतमले जनाए । उनका अनुसार हालसम्म देशका विभिन्न स्थानमा १४ वटा स्टोर सञ्चालनमा आइसकेको र बुटवलपछि थप अन्य स्थानमा पनि सञ्चालनको लागि तयारी रहेको छ ।

बुटवलमा सञ्चालनमा आउँदै गरेको डिपार्टमेण्ट स्टोरमा ४२ जनाले रोजगार प्राप्त गरेको महाप्रबन्धक गौतमले जानकारी गराएका छन्। त्यसैगरी डिपार्टमेण्टलका नायब मुख्य प्रबन्धक रमेश खाइजुले एउटै छानामुनी सबै सामानहरु सहज र शुपथ मुल्यमा उपलब्ध गराउनुका साथै विकट ठाउँमा भएका उत्पादनलाई बिक्री र प्रवद्र्धन गर्ने उद्देश्यले स्टोर स्थापना गरिएको बताए ।

साथै बढ्दो व्यस्त जीवनशैली भएको अवस्थामा एकै ठाउँबाट सबै सामान उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउने मुख्य उद्देश्य रहेको बताए।स्टोरको शनिबार लुम्बिनी प्रदेश सरकारका शिक्षा ,विज्ञान, युवा तथा खेलकूद मन्त्री बसिउद्धिन खाँ र वन,वातावरण तथा भू–संरक्षण मन्त्री र सुरेन्द्र बहादुर हमाल औपचारिक शुभारम्भ गर्नेछन् ।

त्यसैगरी शिवशंकर शहकारीको रुपन्देही शाखा पनि सोही समारोहमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगाएतले औपचारिक रुपमा समुद्घाटन गर्ने महाप्रवन्धक गौतमले बताए ।औपचारिक सुरुवातको पूर्वसन्ध्यामा स्टोरले बिहीबार सांस्कृतिक कार्यक्रमको गरेको थियो । त्यसैगरी शुभारम्भको अवसरमा विभिन्न किसिमका सामग्रीहरुमा २ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट रहेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर