नयाँ ट्याक्सीको दर्ता कहिले खोल्ने हो सरकार ? — OSNepal

नयाँ ट्याक्सीको दर्ता कहिले खोल्ने हो सरकार ?

LC (KTM) December 04, 2021 0

अनुसा थापा- सार्वजनिक यातायात केन्द्रीय महासंघ अध्यक्ष डोलनाथ खनाल र महासचिव भरत नेपाल तथा ट्याक्सी व्यवसायीहरुले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । तीन नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे र यातायात मन्त्रीलाई ट्याक्सी व्यवसायीका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।नयाँ ट्याक्सीको दर्ता नखोल्न र सिण्डिकेटलाई यथावत राख्नुपर्ने उनीहरुको माग छ । ट्याक्सीको भाँडादर वृद्धि गर्न पनि ट्याक्सी व्यवसायीका नेताहरुले मुख्यमन्त्री र यातायात मन्त्रीलाई माग गरेका छन् । अहिले बाटामा गुडेका थोत्रा, कबाडी ट्याक्सी जसले यात्रुलाई ठगेको छ त्यसको भाँडा बढाउन उनीहरुले भनेका छन् ।

जनता ठगेको कमाइले नपुगेर ट्याक्सी व्यवसायीले मुख्यमन्त्री पाण्डे र यातायात मन्त्रीलाई भेटेर भाँडा बढाउनुपर्ने भन्दै आज अर्थात मंसिर १७ गते ज्ञापनपत्र हस्तान्तरण गरे । सार्वजनिक यातायात केन्द्रीय महासंघले नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने शर्तमा प्रत्येक ट्याक्सी धनीसंग पाँच हजार रुपिँया उठाएको ट्याक्सी धनी नै बताउछन् ।साथै, महासंघका नेताहरुले ट्याक्सीको भाँडा जसरी भएपनि बढाउन लगाउने कुराहर पनि ट्याक्सी धनीबाटै सुन्नमा आयो । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दिदाँ अहिले सञ्चालन भएको ट्याक्सीको खरिदबिक्री गर्दा मुल्य स्वाटै घट्छ । साथै यसले उनीहरुको दैनिक कमाइमा पनि निकै प्रभाव पार्दछ ।

सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दिदाँ एउटा ट्याक्सीको हालको मुल्यमा पाँच लाख रुपिँया घट्छ । साथै, दैनिक चार हजार कमाउने ट्याक्सीको आम्दानी दुई हजारमा आइपुग्छ । विगत तीन दशकदेखि सबै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ ।त्यस्तै, एयरपोर्टमा चल्ने ट्याक्सीको नयाँ दर्ता नखोलेको पनि ३० वर्ष बितिसक्यो । ३० वर्षको अन्तरमा जनसंख्या तीन गुणाले बढेको छ । तर, ट्याक्सीको संख्या भने यही अनुपातमा बढ्न सकेन् । बरु झनै घटिरहेको छ । हाल उपत्यकामा जम्मा नौ हजार ट्याक्सी सञ्चालनमा छन् ।

जतिपनि ट्याक्सी उपत्यकाका सडकमा गुड्छन् ती सबै थोत्रा, कबाडी भइसकेका छन् । भएका ट्याक्सीले जनतालाई राम्रो सेवासुविधा दिन सकिरहेको छैनन् । भाँडा भने ट्याक्सीको जति तिरिरहेको हुन्छौ तर सेवासुविधा ट्याक्टरको जस्तो छ । ट्याक्सीबाट ट्याक्टरको जस्तो आवाज आइरहेको हुन्छ ।उपत्यकामा सञ्चालित ट्याक्सीहरु सबै सलाईको बट्टाजस्तो कुचुक्क परेका छन् । यात्रुले खुट्टा खुम्चाएर बस्नुपर्छ भने टाउको निहुराउनुपर्ने बाध्यता छ । एउटा ट्याक्सीमा तीन जना मोटामोटा मान्छे बस्ने हो भने लोड थेग्न सक्दैन् । यात्रु आफैले पछाडिबाट धकेल्न पर्ने स्थितिको सिर्जना हुन्छ ।

अहिले भएका ट्याक्सी सबै ७९६ सिसीका छन् । २०६९ सालमा बागमती अञ्चल यातायात कार्यालयले सबै ट्याक्सी थोत्रा, कबाडी भयो भनेर निष्कर्ष निकालेको थियो । अहिले सञ्चालन भएका ट्याक्सीहरु उपत्का बाहिर गएपछि फर्केर आउन सक्दैन ।स्वदेशी र विदेशीले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाइरहेका थिएनन् । यता, राज्य पनि राजस्वबिहिन हुनुपर्ने अवस्था थियो । यसलाई आधार मानेर यातायात कार्यालयले पाँच हजार नयाँ ट्याक्सी खोल्न सरकारसंग माग गरेको थियो । तर, ट्याक्सी व्यवसायीको दबाबमा सरकार नयाँ ट्याक्सीको दर्ता खोल्न हिचकिचायो ।

जनताको आवश्यकतालाई पन्छाउदै त्यतिखेर सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेन् । ट्याक्सीहरु मिटरमा यात्रु बोक्दैन् भने यात्रुले भनेको ठाँउसम्म जान मान्दैनन् । भाँडामा पनि ट्याक्सी चालकको मनोमानी छ । आफ्नो मनमर्जी चलाउदै भाँडा उठाएर जनता ठगेका छन् ।
बागमती प्रदेशमा १३ वटा जिल्ला भए पनि ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । उपत्यका बाहिरका जनताले ट्याक्सी चढ्न पाएका छैनन् । राज्यले उपत्यका बाहिरका जनतालाई देशको नागरिकको रुपमा हेरेको छैन् । मर्दा र पर्दा पनि अन्य जिल्लाका जनताले ट्याक्सी पाएका छैनन् ।
आपत परेको बेलामा ट्याक्सी नपाएर कतिपय बिरामी, सुत्केरी र वृद्धवृद्धिले घटनास्थलमै ज्यान गुमाउनुपरेको छ । तर, यसतर्फ राज्यको आँखा पर्दैन् । जनता ठग्ने यातायात व्यवसायीको हातबाट ज्ञापनपत्र लिएर राज्यले नै उनीहरुको हौसला बढाएका छन् ।ट्याक्सी चढ्नेबित्तिकै जनताले फोगट्टे चौध रुपिँया तिर्नुपर्छ । ट्याक्सीको पेट्रोल खर्च भएको छैन् । यात्रुले सेवा लिएका छैनन । अनि त्यो चौध रुपिँया केसको ? यात्रुले सित्तैमा दिनौ करोडौ रुपिँया तिर्नपरेको छ । ट्याक्सी चढेको पनि सेवाशुल्क ? यो तत्कालै हटाउनुपर्छ ।
बजारमा यात्रुलाई सेवा दिन्छु, देशमै स्वरोजगार बन्छु, ट्याक्सीको प्रति किमि भाँडा ३९ लाई घटाएर २५ बाट चलाउछु भन्दा पनि उनीहरुले पाउदैन् किन ? किन कि ट्याक्सी व्यवसायीको यातायात क्षेत्रमा वर्षोदेखि राज चलिआएको छ । उनीहरुले सरकारलाई घुँडा टेकाएर बाटो कब्जा गर्ने र जनता ठग्ने काम मात्र गरेका छन् ।

उनीहरुको पेशा जनतालाई सेवा दिने भन्दै लुट्ने हो । वर्षोदेखि यात्रु ठग्दै आएका ट्याक्सी व्यवसायी अझै पनि लुटन पाइन्छ कि भनेर दाउपेच बनाएर बसिरहेका छन् । बीस वर्ष पुगेका सवारीको स्क्रयाब गरेको नम्बर प्लेटमा सट्टाभरानामा नयाँ गाडी हाल्छन् ।
यसो गर्दा ट्याक्सीको संख्या पनि बढ्दैन् उनीहरको वर्षौदेखिको एकाधिकार पनि कायमै रहन्छ । अहिले बजारमा बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट मँहगोमा खरिदबिक्री हुन्छ । यो बेथिति हटाउन र सिण्डिकेट तोड्न यातायात व्यवस्था विभागले टिप्पणी उठाएर पठाएको गत भदौमा हो ।

तैपनि नयाँ ट्याक्सीको दर्ता खोल्नमा कसैले चासो देखाएन । किन कि कसैको जनताको मर्का प्रति ध्यान नै जादैन् । तर, बागमती प्रदेश सरकारले नयाँ ट्याक्सी दर्ता खोल्नको लागि एक कमिटी गठन गरेको छ । कमिटीले नयाँ ट्याक्सीको दर्ता खोल्नको लागि प्तिवेदन तयार पार्ने भनिएको छ ।प्रदेश सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्नका लागि प्रक्रिया अगाडि बढाएसंगै यसलाई रोक्न अनेकौ रणनिति अप्नाइदै छ । नयाँ ट्याक्सीको दर्ता नखोल्न मागका साथ ट्याक्सी व्यवसायी सरकारतिर हानिएका छन् । यसलाई स्थगित पार्नको लागि सार्वजनिक यातायात केन्द्रिय महासंघका नेता र ट्याक्सी व्यवसायीहरु दौडधुपमा लागिपरेका छन् ।

नयाँ ट्याक्सीको दर्ता रोक्न उनीहरु जहाँ पुग्न पनि तयार रहेको देखिन्छ । एउटा ट्याक्सीबाट पाँच हजारका दरले नौ हजार पुराना ट्याक्सीसंग साढे चार करोड लेबी उठाइएको छ । ट्याक्सी व्यवसायीसंग पैसा उठाएर महासंघका नेताहरु भागबण्डा गरेर खादैछन् ।
यसमा मुख्यमन्त्रीको पनि भागबण्डा छुट्याइएको उनका निकटस्थहरु बताउछन् । मुख्यमन्त्री र यातायात मन्त्री पनि महासंघका नेताहरुको प्रलामेभनमा परेको देखिन्छ । यदि पैसा खाएर मुख्यमन्त्री र यातायात मन्त्रीले नयाँ ट्याक्सीको दताृ खोलेनन् भने जनताको लागि यो ठुलो घात हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको अध्यक्ष डोलनाथ खनाल र महासचिव भरत नेपाल नयाँ ट्याक्स्ीको दर्ता रोक्न जोडदार साथ लागपिरेका छन् । एकातिर पैसा पनि आउने अर्कोतिर ट्याक्सी व्यवसायीको नेता पनि बन्न पाइने । नयाँ ट्याक्सीको दर्ता रोक्न ज्यान फालेर लागिरहेको कारण यह िनै हो ।पार्टीको कार्यकर्ता भन्दै मुख्यमन्त्रीलाई समेत ट्याक्सी व्यवसायीले आफ्नो हातामा लिएका छन् । यता, हाम्रो पार्टीको सरकार छ नयाँ ट्याक्सीको दर्ता खुल्दैन् भनेर आश्वासन दिदै हिडेका छन् । पैसा उठाउने त यिनहिरुको काम नै भइहाल्यो । कम्पनीको महासंघ हो भन्दै सरकारलाई ज्ञापनपत्र बुझाउदै जनता ठग्ने काम भइरहेको छ ।

ट्याक्सी व्यवसायी भन्दा जनता ठुलो हुन् । आज जो जहाँ पुगेपनि त्यसमा नेपाली जनता कै हात छ । जनताको समस्या र आवश्यकतालाई मध्यनजर गर्दे सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिनुपर्छ । योबाट देशभरका सबैले लाभ लिन सक्नेछन् ।
नयाँ ट्याक्सीको दर्ता खोल्दा जनताले सस्तोमा ट्याक्सी चढ्न पाउछन् भने राज्यले पनि राजस्व उठाउन सक्छ । पैसा तिरेपछि भरपर्दो र राम्रो सेवासुविधा पाइयोस् भनेर जनताको सपना पनि साकार हुन्छ । राज्य र जनता ठग्ने ट्याक्सी व्यवसायीको कुरा सुन्ने सरकार नै गलत छ । जनताका समस्यालाई सरकारले आफ्ने समस्या सम्झदा मात्र सेवासुविधा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर