माइत जान्छु भन्दै निस्केकी २१ बर्षीया सरस्वती वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह — OSNepal

माइत जान्छु भन्दै निस्केकी २१ बर्षीया सरस्वती वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

LC (KTM) December 04, 2021 0

पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । गत कार्तिक १२ गते आफ्नै घर कावासोती १६ डण्डाको गैरी गाउँदेखि माइत जान्छु भन्दै निस्केकी उनी माइति पक्ष हुप्सेकोट २ कोलियामा पनि सम्पर्कमा न आएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गरेका थिए ।

प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म पत्ता लगाउन नसकेपछि बेपत्ता महिलाका श्रीमान बिक्रम केसीले आफ्नी श्रीमती खोजी गरिदिन आग्रह गर्नुभएको छ । ३ बर्ष अगाडी धुमधामसंग बिहे गरेकी छोरी वेपत्ता भएपछि सरस्वतीका बुवा राजन कार्की र श्रीमान बिक्रम केसीले संयुक्त रुपमा उजुरी दर्ता गरेको राजन कार्कीले बताउनुभयो ।

कार्कीले गहुँगोरो बर्णकी आफ्नी छोरी कतै फेला परेमा नजिकको प्रहरी कार्यालयमा वा सरस्वती कार्कीको बुबाको मोबाइल ९८०४४७१६२२ मा सम्पर्क गरिदिन समेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर