प्रेम परियार र प्रियारानी लामाको " यो मुटु त तिम्रै हो " सार्वजनिक — OSNepal

प्रेम परियार र प्रियारानी लामाको ” यो मुटु त तिम्रै हो ” सार्वजनिक

LC (KTM) December 04, 2021 0

धरान -बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ” यो मुटु त तिम्रै हो ” म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रिया रानी लामाको अभिनय रहेको छ ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफुलाई सक्रिय बनाउँदै छिन्। म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।म्युजिक भिडियो लिङ्क :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर