माैसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा भने हिमपातकाे सम्भावना ! – OSNepal

माैसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा भने हिमपातकाे सम्भावना !

Osnepal Admin (KTM) December 04, 2021 0

काठमाडौं, १८ मंसिर-पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश:सुधार हुँदै जाने भएकाे छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे याे । यी माैसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडाैं उपत्यकामा हल्का वर्षा भएकाे थियाे ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement