OSNepal बुधबार, माघ ५ २०७८

काबुलको तैमानी क्षेत्रमा विस्फोट

काबुलको तैमानी क्षेत्रमा विस्फोट

  • OSNepal
  • शनिबार, मंसिर १८ २०७८


काबुलको तैमानी क्षेत्रमा विस्फोट
Reading Time: < 1 minute

काबुल १८ मङ्सिर- अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् । यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित-१८ मङ्सिर (रासस÷सिन्ह्वा) ः भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड