राप्रपाको मतदान अन्तिम चरणमा, अध्यक्षमा कस्ले मार्ला त बाजी ? — OSNepal

राप्रपाको मतदान अन्तिम चरणमा, अध्यक्षमा कस्ले मार्ला त बाजी ?

LC (KTM) December 04, 2021 0

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भईरहेको मतदानको समय केही बेर लम्बिने भएको छ । १० बजे सम्मका लागि मत हाल्ने समय तोकिए पनि अहिले पनि मतदान जारी रहेको छ । निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार पछिल्लो अपडेट अनुसार चार हजार बढी मत खसिसेको छ ।

राप्रपाको नयाँ नेतृत्वको लागि भएको मतदान बिहानै बाट सुरु गर्ने जनाईएको थियो तर आन्तरिका कारण देखाउँदै मध्याह्न १२ बजेदेखि मात्र मतदानको कार्य सुरु भएको थियो । अध्यक्षका लागि कागजी मतपत्र र अरू उमेदवारका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ ।काठमाडौंको भृकुटीमन्डपमा महाधिवेशन जारी रहेको छ ।

कुल चार हजार ४६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । पार्टीको जम्मा १९९ सदस्यीय कार्यसमिति मध्ये अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने ब्यवस्था रहेको छ । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर