कांग्रेसको प्रदेश १ अधिबेशनको मतदान सम्पन्न , मतगणना भोली बिहान बाट सुरु हुने — OSNepal

कांग्रेसको प्रदेश १ अधिबेशनको मतदान सम्पन्न , मतगणना भोली बिहान बाट सुरु हुने

LC (KTM) December 04, 2021 0

यति बेला नेपाली काङ्ग्रेसलाई महाधिबेशनको चटारो रहेको छ । यसैक्रममा आज प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ। कुल १ हजार ८ सय ५ जना मतदाता रहेकोमा मतदानमा १ हजार ७ सय ५३ मत खसेको छ । मतगणना भने भोली बिहान ८ बजेबाट सुरु हुने मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए।

१४औँ महाधिवेशनअन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि आज मतदान भएको थियो। प्रदेश १ मा मतदान केही ढिला गरी सुरु भएको थियो । आज बिहान ८ बजेबाट सुरु गर्नु पर्ने भए पनि मतपत्रमा केही उम्मेद्धारको नाम छुटेपछि निर्वाचन ढिलो सुरु भएको थियो । प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार रहेका छन् । कस्ले बाजी मार्ने हो भोलीको मतगणना पछि थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर