घरेलु मैदानमा रियल बेटिस संग बार्सिलोना स्तब्ध — OSNepal

घरेलु मैदानमा रियल बेटिस संग बार्सिलोना स्तब्ध

LC (KTM) December 04, 2021 0

एकताका बार्सिलोनालाई फुटबलको बादशाह टोलीको रुपमा लिने गरिएको थियो । तर लियोनल मेस्सीले क्लब छोडे संगै बार्सिलोनाले कमजोर प्रर्दशन गर्दै आईरहेको छ । यसैक्रममा आज राती सम्पन्न स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोना रियल बेटिससँग एक शुन्य गोल अन्तरले पराजित भएको हो ।

आफ्नै घरेलु मैदानमा बार्सिलोना रियल बेटिस संग स्तब्ध हुन पुग्यो । बेटिसको जितमा जाउन्मी नायक बने । उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७९ औं मिनेटमा जाउन्मीले गोल गरेका थिए । आजको यो जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।बेटिसले १६ खेलमा ३० अंक जोडेको छ ।बार्सिलोना २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर