माल्दिभ्समा आफु भन्दा कान्छा प्रेमि अर्जुन कपुरसँग यस्तो अबस्थामा फेला परिन नायिका मलाइका — OSNepal

माल्दिभ्समा आफु भन्दा कान्छा प्रेमि अर्जुन कपुरसँग यस्तो अबस्थामा फेला परिन नायिका मलाइका

LC (KTM) December 05, 2021 0

बलिउडमा अक्सर गरेर कसले कसलाई डेट गरिरहेको छ भन्ने कुरा बाहिर आइरहन्छन् । जति नै लुकिछिपी गरे पनि मिडियामा यस्ता खबर एकै छिनमा फैलिरहेको हुन्छ । यस्तै बलिउडको चर्चामा रहने जोडी मध्ये एक हो अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको । उनीहरु एक अर्काको प्रेममा रहेका छन् । त्यस्तै उनीहरुले लुकेर आफ्नो प्रेम सम्बन्धलाई झांगिन दिईरहेका छन् ।

उनीहरुको प्रेमबारे कोही पनि बेखबर छैन । डिनर, बर्थ डे पार्टी होस् या डेट यी दुबैले एकैसाथ गरिरहेका छन् । आफुले मस्ती गरेका फोटाहरु अक्सर गरेर सामाजिक सञ्जालमा यो जोडीले आफ्ना फ्यान तथा दर्शक दिई रहेको छ । आफु भन्दा निक्कै कान्छा नायक अर्जुन संग एकदमै आनन्दीत क्षण बिताईरहेको प्रष्ट नै भए पनि बिबाह गर्ने नगर्न भन्ने बारे यो जोडीको आधिकारीक भनाई बाहिर आएको छैन ।

यसैक्रममा यी दुईको एउटा भिडियो र तस्वीर सामाजिक सन्जालमा सबैको ध्यान तान्न सफल भएको छ । यो तस्वीर अभिनेता अर्जुन कपुरले सामाजिक सञ्जालमा हालेका हुन् । पछिल्लो समय यी दुई जोडीले माल्दिभ्समा भ्याकेसन इन्जोय गरिरहेका छन् । उनीहरुले भ्याकेसन इन्जोय गरेको भए पनि भारतमा मिडिया तथा बलिउडका प्रशंसकहरुले उनीहरुको प्रेम छताछुल्ला भएको भन्दै कमेन्ट गरिरहेका छन् । यसभन्दा अघि पनि यो जोडीको फोटो तथा भिडियोहरु आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर