राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित — OSNepal

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

LC (KTM) December 05, 2021 0

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् ।

पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् ।

मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर