कैटरिना र बिक्कीका बिहेका तस्बिर लिक हुन नदिन कडा सुरक्षा — OSNepal

कैटरिना र बिक्कीका बिहेका तस्बिर लिक हुन नदिन कडा सुरक्षा

LC (KTM) December 05, 2021 0

कट्रीना कैफ तथा बिक्की कौशलको चाँडै बिबाह हुदैछ । दुबै जनाको बिबाहलाई लिएर फ्यानहरुमा एकदमै उत्साह उमंग छाएको छ । यसैक्रममा बिबाहमा जोडिएका खबरहरु लगातार रुपमा बाहिर आइरहेका छन् । खबर अनुसार कट्रीना तथा बिक्कीको बिबाह जयपुरमा ९ डिसेम्बरमा हुनेछ । तर यो कुराको पुष्टि जोडीले अहिले सम्म गरेको छैन ।

कट्रीना तथा बिक्कीको बिबाह एकदमै गोप्य राख्ने प्रयासहरु भईरहेका छन् । खबर अनुसार दुबै जनाले आफ्नो बिबाहमा आउने पाहुनाहरुलाई अनेक शर्त समेत राखेका छन् । अहिलेको ताजा खबर अनुसार यस शर्तमा अर्काे एउटा कुरा पनि जोडिएर आएको छ । यो जोडीको बिबाह क्षेत्र आसपास कुनै ड्रोन देखिएमा त्यसलाई शुट गरेर झार्दिने आदेश रहेको छ ।

सामाजिक सञ्जालमा बिबाहको तस्बीर लिक नहोस् भन्नका लागि यो सबै तयारी भईरहेको बताइएको छ । बिबाहमा आउने पाहुनाहरुलाई नो फोटो एनडीएमा साइन गराइएको छ । त्यस्तै बिबाहको आसपासमा फ्यान तथा फोटो पत्रकारहरुलाई समेत निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर