OSNepal बुधबार, माघ ५ २०७८

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित
Reading Time: 2 minutes

काठमाडौं, १९ मंसिर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् ।पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् । महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड