दाङमा बसको ठक्करबाट रामचरणको ज्यान गयो — OSNepal

दाङमा बसको ठक्करबाट रामचरणको ज्यान गयो

LC (KTM) December 05, 2021 0

देउखुरी, १९ मङ्सिर-दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिव सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्कदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर