यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण — OSNepal

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

LC (KTM) December 05, 2021 0

साना १९ मङ्सिर -साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो । सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ । ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ ।

अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ । यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन् । शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो ।साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर