विमानमै यात्रुकाे मृत्युपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान — OSNepal

विमानमै यात्रुकाे मृत्युपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

LC (KTM) December 05, 2021 0

नयाँ दिल्ली, १९ मंसिर -भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे ।

‘मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ ।शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर