OSNepal बुधबार, माघ ५ २०७८

छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स

छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स
Reading Time: < 1 minute

छिमेकीकाे लुगा चाेरेकाे आराेप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन छिमेकीकाे लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग ‌अ‌ागाे बनेका थिए ।

लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।’, उनका पतिले भने ।

पत्निलाई छिमेकीकाे लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदकाे निर्णयमा पुगेकाे उनले बताएका छन् । ‘ सम्बन्धबिच्छेद गर्नुअघि मैले उनकाे परिवारसँग पनि सल्लाह मागेकाे थिए ‘, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड