OSNepal बिहिबार, माघ १३ २०७८

पहिलो भेटमा ऐश्वर्या रायलाई यस्तो मन छुने कुरा बोलेका थिए अभिषेकले

पहिलो भेटमा ऐश्वर्या रायलाई यस्तो मन छुने कुरा बोलेका थिए अभिषेकले

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


पहिलो भेटमा ऐश्वर्या रायलाई यस्तो मन छुने कुरा बोलेका थिए अभिषेकले
Reading Time: < 1 minute

बलिउडमा चलेको र जमेको जोडी मध्ये एक जोडी हो अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको । यो जोडीलाई बलिउडमा एकदमै सफल र राम्रो जोडीको रुपमा लिने गरिएको छ । यी दुई सफल जोडीको प्रेम प्रसंग र बिबाहको सधै चर्चा हुने गरेको छ । सके सम्म दुबै जनाको केही न केही कुराहरु भारतीय संचारमाध्यममा संचार भइनै रहेको हुन्छ ।

अभिषेकले एक संचारमाध्यमलाई अन्र्तबार्ता दिने क्रममा ऐश्वर्या र उनको बारेमा रोचक कुरा बताएका छन् । यो जोडीको पहिलो भेट आज भन्दा २५ बर्ष अघि भएको थियो । अभिषेकले त्यो क्षण संझदै भने मैले सबैभन्दा पहिला उनलाई स्विट्जरल्यान्डमा भेटेको थिए । उनी संग मेरो कुराकानी त भएको थियो तर के कुरा भयो अहिले याद छैन ।

आफ्नो पहिलो फिल्म और प्यार हो गया सुटिङका लागि ऐश्वर्या स्विट्जरल्यान्ड जाँदा आफ्नो भेट भएको अभिषेकले बताए । अहिले यो जोडीको एक सन्तानको रुपमा छोरी आराध्या रहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड