बेलायतमा दैनिक ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थाले, सतर्क रहन आग्रह — OSNepal

बेलायतमा दैनिक ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थाले, सतर्क रहन आग्रह

LC (KTM) December 05, 2021 0

लन्डन १९ मङ्सिर – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिबार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।

यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित यहाँ यो भाइरसबाट अहिले सम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन भन्नुभएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर