वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध — OSNepal

वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

LC (KTM) December 05, 2021 0

महेन्द्रनगर, १९ मङ्सिर -कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर