राज्यमन्त्री वलीद्वारा दाङका विकास निर्माणको अनुगमन — OSNepal

राज्यमन्त्री वलीद्वारा दाङका विकास निर्माणको अनुगमन

LC (KTM) December 05, 2021 0

तुलसीपुर, १९ मङ्सिर -लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उहाँले जानकरी लिनुभएको हो ।

उहाँले शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गर्नुभएको छ । सोही सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गर्नुभएको छ । सोही अस्पताललाई प्रदेश सरकारमातहत लैजाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा (सीतापुर) जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उहाँले अलवोकन गर्नुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर