OSNepal बिहिबार, माघ १३ २०७८

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई
Reading Time: < 1 minute

काठमाडौं, १९ मंसिर-नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए ।

पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे ।एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड