कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी — OSNepal

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

LC (KTM) December 05, 2021 0

कैलाली, १९ मङ्सिर -नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभयो । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।

उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी हुनुभयो । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित हुनुभयो । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ ।(रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर