OSNepal शनिबार, माघ ८ २०७८

स्रोत नखुलेको ६९ लाख रकमसहित एक जना समातिए

स्रोत नखुलेको ६९ लाख रकमसहित एक जना समातिए

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


स्रोत नखुलेको ६९ लाख रकमसहित एक  जना समातिए
Reading Time: < 1 minute

काठमाडौँ, १९ मङ्सिर -प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड