अभिजीतले शमिता शेट्टीलाई खुट्टाको जुत्ता भनेपछि बिग बोस १५ मा भयो बबाल , घर भित्रै हात हालाहालको स्थिती — OSNepal

अभिजीतले शमिता शेट्टीलाई खुट्टाको जुत्ता भनेपछि बिग बोस १५ मा भयो बबाल , घर भित्रै हात हालाहालको स्थिती

LC (KTM) December 05, 2021 0

बिग बोस १५ को घरमा वाइल्ड कार्ड प्रतिष्पर्धीको प्रबेश संगै शो युद्धको भुमी बनेको छ । शो मा वाइल्ड कार्ड वाला र घरवालाहरुको बिचमा एकदमै घमासन युद्ध मच्चिन सुरु गरेको छ । दबोलिना र शमिता शेट्टी जहाँ उनीहरु एक अर्कालाई तल गिराउन पछि पर्दैनन् । अब यो लिस्टमा अभिजीतको पनि नाम जोडिएको छ । अभिजीत शो मा शमिताको बारेमा एकदमै नराम्रो कुरा गर्न सुरु गरेका छन् ।

जसका कारण विकेण्डको बारमा एकदमै बबाल मच्चिएको छ । विकेण्डको बारमा सलमन खानले सबैभन्दा पहिला राखी सावन्तको पति रितेशको आईक्यू लेभल चेक गरेको देख्न सकिन्छ । शो मा जब राखीको पतिको प्रबेश हुन्छ त्यतिबेला आफुलाई आईक्युमा अब्बल रहेको बताएका थिए । त्यसैले सलमानले आइक्युको फुलफर्म सोध्छन् त्यसपछि उनी चुप लाग्छन् ।

त्यस्तै प्रतिष्पर्धीलाई बताउन दिइएको थियो कि बिग बोसमा दोषी को छ ? यसक्रममा रश्मिले अभिजीतको नाम लिएकी थिईन् । अभिजीतले प्रयोग गरेको भद्धा शब्दलाई लिएर रश्मीले प्रश्न उठाएकी थिईन् । रश्मीका अनुसार शमितालाई अभिजीतले खुट्टाको जुत्ता भनेका थिए । यो सुनेर शमिता लास्टै भड्किएकी थिईन् । त्यसपछि शमिताले अभिजीतलाई गन्धी नाली भनेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर