निखिलसँग ५० लाख लिएको हल्लापछि बोलीन् निखिलकी जेठी पत्नि कोपिला, खासमा यस्तो रहेछ भित्री कुरा — OSNepal

निखिलसँग ५० लाख लिएको हल्लापछि बोलीन् निखिलकी जेठी पत्नि कोपिला, खासमा यस्तो रहेछ भित्री कुरा

LC (KTM) December 05, 2021 0

काठमाडौं । नायक निखिल उप्रेती आफ्नी जेठी पत्नि कोपिला उप्रेतीसँग अलग भएको लामो समय भइसकेपछि उनीहरुको डिर्भोसको खबर ढिलोगरी मिडियामा आयो । निखिलकी जेठी पत्नि कोपिलाले निखिलसँग ५० लाख लिएर आँफु अलगिएको भन्ने समाचार झुटो भएकोबताएकी छिन् ।

समाचारमा ५० लाख लिएको भन्ने खबरले आफ्नो चित्त दुखेको उल्लेख गर्दै कोपिलाले भनिन् ‘५० लाख लिएको कुरा एकदमै गलत हो । निखिलजीलाई दुवैतिरको बोझ नपरोस् भनेर नै मैले कानूनी रुपमा अलग हुने निर्णय गरे । उनले अगाडी थपिन् हामी दुवैजना सहमतिमा नै छुट्टिएका हौँ । मलाई निखिलजीप्रति कुनै गुनासो नै छैन । उहाँले मलाई कहिले पनि नराम्रो गर्नुभएन ।’

घरमा जेठी पत्नि छँदा छँदै नायिका सञ्चिता लुइँटेलसँग प्रेम विबाह गरेर भारत हानिएका निखिल मुम्बईमा करिब पाँच वर्ष बसेपछि निखिल र सञ्चिता नेपाल आएका थिए ।

निखिलले छोराका लागि मासिक ५० हजार रुपैयाँ कोपिलालाई दिँदै आएको पनि कोपिलाले बताएकी छिन् । निखिलले १५ वर्षअघि भक्तपुरमा किनेको घर कोपिलाको नाममा नै भएका कारण घर दिएको भन्ने विषयमा पनि कोपिलाले चित्त दुखाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर