पार्टीलाई एकढिक्का बनाएर लैजाने नवनिर्वाचित सभापति बलायरको प्रतिबद्धता — OSNepal

पार्टीलाई एकढिक्का बनाएर लैजाने नवनिर्वाचित सभापति बलायरको प्रतिबद्धता

LC (KTM) December 05, 2021 0

कैलाली, १९ मङ्सिर -नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बलायरले आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा फरक धारमा देखिएका नेतासमेतलाई मिलाएर अघि बढ्ने बताउनुभयो । उहाँले कांग्रेसका माध्यमबाट नेपाली जनता र नेपालको भविष्य खोज्नुपर्ने बताउनुभयो ।

सभापति बलायरले भन्नुभयो, “हाम्रा विमति होलान् तर विमतिको सजाय कांग्रेसले भोग्न नपरोस् भन्ने कुरामा हामी सचेत छौँ र त्यही बाटोबाट पार्टीलाई अगाडि लैजान्छौँ ।” उहाँले अगामी निर्वाचनमा एकजुट भएर जनताको मन मस्तिष्कमा बस्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर