प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको संघर्षपुर्ण जित — OSNepal

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको संघर्षपुर्ण जित

LC (KTM) December 05, 2021 0

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपुर्ण जित निकालेको छ । युनाइटेडले फ्रेडको गोलमा क्रिस्टल प्यालेसमाथि १–० गोलको संघर्षपुर्ण जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडका लागि फ्रेडले ७७ औँ मिनेटमा घरेलु मैदानमा गोल गर्दै टिमलाई जित दिलाउन सफल भएका हुन् ।

राफेल रान्गनिकको युनाइटेडमा प्रशिक्षकको रूपमा पहिलो जित हो । आजको यो जितसँगै युनाइटेड लिगको छैटौँ स्थानमा उक्लन सफल भएको छ । लिगमा १५ खेल खेलेको युनाइटेडको २४ अङ्क रहेको छ । पराजित क्रिस्टल प्यालेस १४ खेलबाट १९ अङ्क जोडेर तालिकाको १२ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर