आमा अमृता सिंहसँग दिल्लीको सडकमा यस्तो अबस्थामा फेला परिन सारा — OSNepal

आमा अमृता सिंहसँग दिल्लीको सडकमा यस्तो अबस्थामा फेला परिन सारा

LC (KTM) December 06, 2021 0

सैफ अली खानकी छोरी तथा अभिनेत्री सारा अली खान यतिबेला दिल्लीमा मस्ती गरिरहेकी छिन् । सारा आफ्नो फिल्म अतरंगी रे को प्रमोशनको लागि दिल्ली पुगेकी छिन् । यसैक्रममा उनको साथमा उनकी आमा अमृता सिंह तथा साथी जान्ह्वी कपुर पनि रहेकी छिन् । साथै सारा अन्य साथी तथा टीम मेम्बरहरुको साथमा यतिबेला एकदमै मजेदार समय बिताई रहेकी छिन् ।

सारा अली खान भलै आजका दिनमा ठुलो स्टार बनिन् होला तर उनी आजका दिनमा पनि एक साधारण जिन्दगी जिउने तथा छोटो छोटो चीजमा मज्जा लिने , रमाउने गर्छिन् । भन्नु पर्दा उनी एकदमै साधारण जिन्दगी जिउन चाहान्छिन् । दिल्लीमा सारा अहिले यस्तै जिवन बिताई रहेकी छिन् । शनिबार सारा आफ्नी आमाको साथमा दिल्लीको बंगला साहिब गुरुद्धार गएकी थिईन् ।

त्यस्तै उनले इण्डिया गेटमा कुल्फीको मज्जा लिन पनि पछि परिनन् । यसक्रममा उनकी साथी तथा अभिनेत्री जान्ह्वी कपुर पनि रहेकी थिईन् । साराले आफ्नो इन्ष्टा स्टोरीमा एउटा भिडियो शेयर गरेकी छिन् जहाँ साथी जान्ह्वीलाई एकदमै रिस उठाउँदै कुल्फीको मज्जा लिइरहेको देख्न सकिन्छ । साथै उनले अटो रिक्शामा सवारी गरेको भिडियो समेत शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर