बलिउड अभिनेत्री ज्याकलिन पक्राउ — OSNepal

बलिउड अभिनेत्री ज्याकलिन पक्राउ

LC (KTM) December 06, 2021 0

बलिउडमा ठगी देखी ड्रग्स केस सम्मले तहल्का नै मच्चाएको छ । पछिल्लो समय अभिनेत्रीहरु नै ठगीको आरोपमा पर्न थालेका छन् । यसैक्रममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा फसिरहेकि थिईन् । उनै ज्याकलिन लाई प्रहरीले मुम्बई बिमानस्थल बाटै नियन्त्रणमा लिएको छ।

भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध लुक आउट नोटिस जारी भएपछि उनी मुम्बई विमानस्थलबाटै पक्राउ परेकी हुन् । यस मुद्धामा ज्याकलिनलाई बिदेश जान रोक लगाइएको छ । प्रहरीका अनुसार उनी विदेश जाने तयारीमा रहेकी थिईन् । प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिन सँग पैसाको कारोबार गरेको खुलेको थियो । त्यसैले ज्याकलिनलाई यस मुद्धामा धेरै चोटी सोधपुछका लागि समेत बोलाइएको थियो । प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार समेत दिएका थिए। यस केसमा नोरा फतेहीको समेत नाम जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर