विवाह पञ्चमी महोत्सवका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय — OSNepal

विवाह पञ्चमी महोत्सवका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय

LC (KTM) December 06, 2021 0

जनकपुर- प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिनुभयो ।विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताउनुभयो ।

गत शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो । आइतवार धनुषयज्ञ गरिएको छ । महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव, मङ्गलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहीबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दीरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर