भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन, नेपालीहरु त्रसित — OSNepal

भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन, नेपालीहरु त्रसित

LC (KTM) December 06, 2021 0

गुज्रात , २० मंसिर -भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।

भारतमा दक्षिण काेरियाबाट अ‌ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर