चितवनमा तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढ्यो — OSNepal

चितवनमा तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढ्यो

LC (KTM) December 06, 2021 0

चितवनको कालिका नगरपालिका– ५, पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ ।

कांग्रेस लुम्बिनी प्रदेशमा पुन-नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले ८६७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।
नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता हुनुहुन्छ भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी हुनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर