आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

LC (KTM) December 06, 2021 0

काठमाडौं, २० मंसिर-नेपाल राष्ट्र बैंकले आज साेमबार १ अमेरिकी डलरको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा तय गरेकाे छ। बिक्री दर भने १२० रुपैयाँ ५७ पैसा कायम गरिएकाे छ ।१ यूरोको खरिद दर १३५ रुपैयाँ ७५ पैसा रहँदा बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ ।

१ पाउन्ड स्टलिङ खरिद दर १५८ रुपैयाँ ७५ पैसा तथा बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम गरिएकाे राष्ट्र बैंकले जानकारी दिएकाे छ । १ फ्रेङ्कको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा छ ।

अष्ट्रेलियन १ डलरको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ । आज क्यानेडियन १् डलरको खरिद दर ९३ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९३ रुपैयाँ ८७ पैसा कायम भएकाे छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा छ भने चिनियाँ यूआन १ को खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल १ को खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा छ । कतारी रियाल १ को खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ । मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर